• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo
Latest
★   मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना ★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ

भक्तपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहिबार राति मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक बा ३ क १७४५ नम्बरको टिप्परले प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोकका ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भिर घाईते भएका नेपालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

टिपर चालक मकवानपुर घर भई अहिले काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई नियन्त्रणमा प्रवक्ता पाठकले जानकारी दिए ।