२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौंँ: मन्त्री महत (भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताउनु भयो । उहाँले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताउनु भयो । उहाँले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताउनु भयो ।

उहाँले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताउनु भयो । उहाँले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताउनु भयो । विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताउनु भयो । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छाँै । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौँ । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ ।’

‘हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यसबाट प्राप्त हुने जुन राजश्व छ, त्यो राजश्व हामी लिन सक्दैनौँ । यसमा आन्तरिक राजश्व कार्यालयको अझ ज्यादा अगाडि बढ्नुपर्ने अवस्था छ । धेरै व्यवसाय डिजिटलबेस भएको छ । त्यस्तै भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ । अहिले भन्सारको कुरा गर्दा हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरुको भन्दा डबल नै भएको छ । यो पछिल्लो समयमा र हामीले इभीलाई प्रमोट गर्ने हिसावले जुन अत्यन्त न्युन, इन्धनबेस भेकलको तुलनामा न्युन भन्सार दर राखेका छौँ । त्यसले गर्दा मात्रै अहिलेकै पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको छ । त्यसले गर्दा जुन हामी परम्परागत हिसावबाट जुन रावश्व वृद्धिको आँकलन गरिरहेका थियौँ, र यही इभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ । त्यो भन्दा ज्यादा आम नागरिकहरु त्यतातिर उन्मुख छन् । जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ ।’

मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भयो ।