१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: मधेशद्वारा गण्डकी १४५ रनको भारी अन्तरले पराजित



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई विरुद्ध भारी अन्तरले पराजित गरेको छ ।

गण्डकीलाई १४५ रनको अन्तरले हराउदै मधेश अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मधेशको ८ खेलमा ५मा जित र ३ मा हारसहित १० अंक छ । यता गण्डकी भने ६ खेलमा ४ अंक सहित आठौ स्थानमा यथावत छ ।

मधेशले जितको लागि दिएको ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रन बनाएर अलआउट भयो ।

गण्डकीको लागि ओपनर इश्वोर छेत्री र कमल परियारले सर्वाधिक २७/२७ रन बनाए । यस्तै कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समिर कंडेल र मुश्कान थापाले समान १८/१८ रन बनाए ।

मधेशका लागि रंजित कुमारले ४ विकेट लिए । यस्तै हरिशंकर शाहले ३ विकेट लिदा प्रदिप पासवानले २ र राजेश यादवले १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासको दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेश प्रदेशविरुद्ध ३३९ रन बनाएको थियो ।

मधेशका अनिल साहले १२७ रनको शानदार शतकीय इनिङ खेलेका थिए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

मधेशका अरनिको यादबले पनि अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६३ रन बनाए ।पवन सर्राफले ४०, मयान यादबले २७, रुपेश सिंहले २३ रन थप्दा अभिषेक तिवारीले अविजित २७ रन थपे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १/१ विकेट लिए ।