५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: मधेशद्वारा गण्डकी १४५ रनको भारी अन्तरले पराजित



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई विरुद्ध भारी अन्तरले पराजित गरेको छ ।

गण्डकीलाई १४५ रनको अन्तरले हराउदै मधेश अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मधेशको ८ खेलमा ५मा जित र ३ मा हारसहित १० अंक छ । यता गण्डकी भने ६ खेलमा ४ अंक सहित आठौ स्थानमा यथावत छ ।

मधेशले जितको लागि दिएको ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रन बनाएर अलआउट भयो ।

गण्डकीको लागि ओपनर इश्वोर छेत्री र कमल परियारले सर्वाधिक २७/२७ रन बनाए । यस्तै कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समिर कंडेल र मुश्कान थापाले समान १८/१८ रन बनाए ।

मधेशका लागि रंजित कुमारले ४ विकेट लिए । यस्तै हरिशंकर शाहले ३ विकेट लिदा प्रदिप पासवानले २ र राजेश यादवले १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो । यो प्रधानमन्त्री कप क्रिकेट इतिहासको दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेश प्रदेशविरुद्ध ३३९ रन बनाएको थियो ।

मधेशका अनिल साहले १२७ रनको शानदार शतकीय इनिङ खेलेका थिए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

मधेशका अरनिको यादबले पनि अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६३ रन बनाए ।पवन सर्राफले ४०, मयान यादबले २७, रुपेश सिंहले २३ रन थप्दा अभिषेक तिवारीले अविजित २७ रन थपे ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १/१ विकेट लिए ।