८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको अर्धशतकमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएको छ ।

जितको लागि १३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले अर्धशतकिय ईनिङ खेले । उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए ।

पुरन बिक ३३ र अमर राउटेला ८ रनमा नट आउट रहँदा लोकेश बम १६ र प्रज्वल शाही ५ रनमा आउट भए ।

लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले १/१ विकेट लिए ।

त्यसअघि सिद्धार्थनगर रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले ४१ ओभरमा अलआउट हुदै एकसय ३३ रन बनाएको थियो। लुम्बिनीको लागि दिलसाद अलीले सर्वाधिक अविजित ३९ रन बनाए । मृनाल गुरुङले ३४,बिराट भण्डारीले २३ र प्रज्ज्वल थापाले ११ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो ।

एपीएफको लागि रमेश कुर्मी एक्लैले पाँच विकेट लिएका थिए । भुवन कार्कीले तीन विकेट लिदा रोहित पौडेल र मौसम ढकालले एक–एक विकेट हात पारे ।

एपीएफ ६ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा छ । लुम्बिनी ५ खेलमा १ मा जित र ४ मा हारसहित नवौं स्थानमा छ । योसँगै भैरहवामा पिएमकपका खेलहरु सकिएका छन् । पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ ।