११ असार २०८३, बिहीबार
,
Latest
‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण



अ+ अ-

काठमाडौँ । इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।
 
“यो सहयाग महामारीविरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्षको एक हिस्सा हो । महामारीविरुद्धको नेपालीको प्रयासमा सहयोग गर्न पाउँदा इजरायल गर्व गर्छ”, सिरिन्ज हस्तान्तरण गर्दै राजदूत गोडरले भन्नुभयो । नेपाल सरकारको सन् २०२२ को खोप लक्ष्य पूरा गर्न तथा  महामारीलाई नियन्त्रणमा ल्याउन इजरायलले दुई राष्ट्रबीचको ऐक्यबद्धताको सङ्केतका रूपमा नेपालका जनतासँग मानवीय सहायता बाँड्न पाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
 
विगत दुई वर्षदेखि इजरायल सरकारले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्दै आएको छ ।  यहाँस्थित इजरायलको दूतावासले जुन २०२० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण, मास्क, डिजिटल थर्मोमिटर, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर, कीटाणुनाशक साधनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । रासस