• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक: अध्यक्ष ठाकुर



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताउनुभएको छ ।

बुधवार गजेन्द्रनारायण सिंहको २२ औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको बिरोध गर्नुभयो । उहाँले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताउनु भयो । उहाँले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । किनभने बारम्बार हामी सोच्नका लागि बाध्य हुन्छौँ की फेरि जेलमा बस्न, फेरि फाँसी पाउन, फेरि गोली चलाइरहेको छ । लाठी चार्ज भइ नै रहेको छ । यहीँ काठमाडौंैमै गोली चल्यो, सर्लाहीमा गोली चल्यो । हालैको कुरा हो । अहिलेसम्म प्रजातन्त्रमा, लोकतन्त्रमा मानिसहरुलाई बोल्ने हक हुँदैन, प्रदर्शन गर्नका लागि सुविधा हुँदैन । यो संविधानको संशोधन जुन गर्नुपर्छ भनिरहेका छौँ । जनसंख्याको आधारमा हुनुपर्छ । जनसंख्याको आधारमा स्थानीय र प्रदेश सरकार छैनन् । त्यसले बजेटमा प्रभाव परेको छ ।’

अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गर्नुभयो ।