५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशीको लगातार आठौँ हार



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोरेको छ । बुधबार भएको खेलमा सुदुरपश्चिम प्रदेशविरुद्ध आठ विकेटले पराजित हुँदै कोशीले आठ खेलमा लगातार हार बेहोरेको हो ।

कोशीले जितको दिएको एक सय २४ रनको लक्ष्य सुदुरले २१.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरका लागि नरेन भट्टले ५४ रनको अर्धशतकिय नटआउट इनिङ खेले । यस्तै प्रकाश पाण्डे ३४ रनमा अविजित रहँदा खडक बोहोराले ९ र राजु रिजाल २१ रन बनाए । कोशीका लागि फिर्दोश अन्सारीले दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा एक सय २३ रन बनाउदै अलआउट भएको थियो । कोशीको लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले २६ रन बनाए । अंकित सुवेदी २२, कमल खत्री १८, फिरदोष अन्सारी १३, सोनु अन्सारी ९, सुभन गहतराज ५, समिर कार्की ४ र सुजन थपलियो ३ रन बनाएर आउट भए ।

कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिँदा विकास अग्रीले चार विकेट हात पारे ।

यससँग,ै कोशी ८ खेलमा सबै खेल हार्दै अंकबिहिन हुँदै तालिकाको पुछारमा रहेको छ । सुदुर भने ५ खेलमा ४ जित सहित ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा सतप्रतिशत जितसहित १० अंक बटुल्दै नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।