२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशी एक सय २३ रनमा अलआउट, शेर मल्लले लिए पाँच विकेट



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदुरपश्चिमलाई एक सय २४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा एक सय २३ रन बनाउदै अलआउट भयो । कोशीको लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले सर्वाधिक २६ रन बनाए ।

कोशीका अंकित सुवेदी २२, कमल खत्री १८, फिरदोष अन्सारी १३, सोनु अन्सारी ९, सुभन गहतराज ५, समिर कार्की ४ र सुजन थपलियो ३ रन बनाएर आउट भए । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो ।

कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिँ दाविकास अग्रीले चार विकेट हात पारे ।

कोशी ७ खेलमा सबै खेल हार्दै अंकबिहिन हुँदै तालिकाको पुछारमा रहेको छ । सुदुर भने ४ खेलमा ३ जित सहित ६ अंकसहित पाचौं स्थानमा छ ।




भर्खरै