२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ चुनदेवीमा सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किदा एक जनाको मृत्यू भएको हो ।

दुर्घटनामा परी २० वर्षीय मोटरसाइकल चालक ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

स्कुटर चालक सिन्धुपाल्चोक घर भएका रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।यसबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।