१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

बागमतीमाथि गण्डकीको रोमाञ्चक जित

बागमतीमाथि गण्डकीको रोमाञ्चक जित
अ अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप २०२४ मा गण्डकी प्रदेशले बागमती प्रदेश माथि रोमान्चक जित हात पारेको छ । बागमतीलाई तीन विकेटले हराउदै गण्डकीले जित दर्ता गरेको हो ।

बागमतीले दिएको एक सय ९९ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले ४९औ ओभरको तीन बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । गण्डकीका लागि करन पंगेनीले सर्वाधिक ७९ रन बनाए ।

खेलमा दुई ओभरमा बाँकी रहँदा ११ रन चाहिएको अवस्थामा प्रतिश जिसीको पहिलो बलमा कमल परियार आउट भए । कृश ऐरले क्रिजमा आएर पहिलो बलमा १ रन लिए । तेस्रो बलमा करन पंगेनीले चौका प्रहार गरे र त्यसपछिको दुई बलमा दुई सिंगल लिए । अन्तिम बलमा भने करन आउट हुन पुगे ।

अब अन्तिम ओभरमा गण्डकीलाई ४ रन चाहिएको थियो । इशान पाण्डेको पहिलो बलमा कृशले सिंगल लिए । दोस्रो बलमा अंकित न्यौपानेको क्याच छुटेपछि गण्डकीले दुई रन लिन सफल भयो । चार बलमा १ रन चाहिँदा अंकितले चौका प्रहार गर्दै टीमलाई जिताए । गण्डकीका समिर कंडेलले १९ , मुश्कान थापा २७ र कमल परियार २० रन बनाए ।

तेस्रो विकेटका लागि मुश्कान थापा र करन पंगेनीले ७० रनको साझेदारी गरे । मुश्कान ३६औ ओभरमा ७१ बलमा २७ रङको सुस्त इनिङ खेल्दै रन आउट भए । त्यसपछि आएका अमृत गुरुङलाई रिजन ढकालले शुन्यमा आउट गरे । कप्तान बिपिन खत्री पनि सस्तैमा रनआउट भए । कमल परियारले २३ बलमा २० रन बनाए । बागमती प्रदेशका बलर प्रतिश जीसीले दुई विकेट लिए । रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको बागमतीले ४९.१ ओभरमा अलआउट हुदै एक सय ९८ रन बनाएको थियो । बागमतीको लागि आशुतोष घिराइयाले सर्वाधिक ४४ रन बनाए । आशुतोष र इशान पाण्डेले ९० रनको सुरुवाती साझेदारी गर्दै टीमलाई राम्रमे योगफलतर्फ धकेले । इशान ४३ रनमा आउट भए । बिपिन आचार्य ३८, अशोक पौडेल ३०, सूर्य तामाङ १५ र कप्तान रित गौतम १३ रन थपे ।

गण्डकीका लागि कमल परियारले ४ विकेट लिएका थिए । बिपिन खत्रीले र अमृत गुरुङले दुई तथा सन्दिप पराजुलीले समान १ विकेट लिए ।

आजको हार सँगै बागमतीले पहिलो स्थानमा उक्लिने मौका गुमाएको छ । बागमतीको ७ खेलमा ८ अंक रहेको छ । गण्डकी ५ खेलमा २ जित सहित आठौ स्थानमा यथावत नै छ । पहिलो स्थानमा ४ खेलमा ८ अंकसहित नेपाल पुलिस क्लब रहेको छ ।