२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
पानी जहाज कार्यालयबाट अनुमति नलिई व्यवसायिक रुपमा पानी जहाज सञ्चालन गर्न नपाइने राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारे: ज्ञानेन्द्र शाही संविधानमा उचित संशोधनका लागि समिति बनाएर काम गर्छाैँ : प्रधानमन्त्री काठमाडौंमा शिक्षकहरुको आन्दोलन जारी– तस्बिरहरु बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम: सीप, रोजगार र सामाजिक सुरक्षामा लगानी वृद्धि आवश्यक आईपीएलमा आज कोलकाता र लखनऊ खेल्दै देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण: अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा आर्मीले एपिएफलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

एपिएफले जितको लागि दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३४ रन जोड्दै नटआउट रहे । कुशल मल्लले १९ र बसिर अहमदले १८ थपे ।

एपिएफका लागि बलिङ गरेका रमेश कुर्मीले २ तथा मौसम ढकाल र रोहित पौडेलले १/१ विकेट लिए ।

त्यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

एपिएफको लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय ईनिङ खेले । उनले ५९ रन जोडे । यस्तै, सुमित महर्जनले १४ र भुवन कार्कीले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले १/१ विकेट लिए ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपिएफ भने ५ खेलमा २ जित र ३ हारका साथ सातौं स्थानमा छ ।