काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ । छलफल दिउँसो चार बजे हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ ।
जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए ।











