१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा सूर्यको नयाँ कीर्तिमानी, बने सर्वाधिक विकेट लिने खेलाडी



file
अ+ अ-

काठमाडौं। बागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप २०२४ मा नयाँ कीर्तिमानी बनाएका छन् ।

टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई आउट गराउँदै सूर्य प्रधानमन्त्री कप २०२४को सस्करणमा मा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । जारी प्रतियोगिता उनको यो २१ औं विकेट हो ।

सूर्यले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीको कीर्तिमानी तोडेका हुन् । २०१९ को संस्करणमा ललितले २० विकेट लिएका थिए ।

सूर्यले जारी खेलमा मधेशविरुद्ध ह्याट्रिकसहित ६, आर्मीविरुद्ध ५ तथा पुलिस र एपीएफविरुद्ध ३–३ विकेट लिएका छन् । यस्तै, कोशीविरुद्ध २ र कर्णालीविरुद्ध १ विकेट लिएका छन् ।