२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीद्वारा गण्डकीलाई एक सय ९९ रनको प्रतिस्पर्धात्मक लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई एक सय ९९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको बागमती ४९.१ ओभरमा अलआउट हुदै एक सय ९८ रन बनायो । बागमतीको लागि आशुतोष घिराइयाले सर्वाधिक ४४ रन बनाए । आशुतोष र इशान पाण्डेले ९० रनको सुरुवाती साझेदारी गर्दै टीमलाई राम्रमे योगफलतर्फ धकेले । इशान ४३ रनमा आउट भए । बिपिन आचार्य ३८, अशोक पौडेल ३०, र्य तामाङ १५ र कप्तान रित गौतम १३ रन थपे ।

गण्डकीका लागि कमल परियारले ४ विकेट लिए । बिपिन खत्रीले र अमृत गुरुङले दुई तथा सन्दिप पराजुलीले समान १ विकेट लिए ।