७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई हटाएर माधवजीहरुले छिट्टै एमाले कब्जा गर्नेछन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा नेकपा एमाले नरहने दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, एमाले यही स्थितिमा रहन सक्दैन, माधव नेपालजीहरुले पार्टी कब्जा गरेर ओलीलाई हटाउने दिन आउने छ, त्यो छिट्टै हुनेछ । 

अध्यक्ष प्रचण्डले आज बुटबलमा अगुवा कार्यकर्ताहरुलाई गरेको सम्बोधनमा भन्नुभयो एमाले केपीले होइन माधवजीहरुले कब्जा गर्नुहुने छ, सके कब्जा गर्नु हुनेछ र नसके विद्रोह गर्ने स्थिति बन्ने छ ।  उहाँले माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने दाबी पनि उहाँले गर्नुभयो । 

अध्यक्ष प्रचण्डले अहिले आफूहरुको जोड भने पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिने भएको बताउनुभयो । त्यसका लागि अब आफू पनि काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने उहाँले सुनाउनुभयो । प्रचण्डले आफूले अब दुई–तीन वर्ष दुःख गरेर पार्टीलाई देशको पहिलो दलको अवस्थामा पुर्याउने योजना सुनाउनुभयो ।उहाँले कार्यक्रमको शुरुमै माधवजीहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था चाँडै नै दाबी पनि गर्नुभएको थियो । 

संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा ।