• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

मेनुका पौडेल इण्डियन आइडलको टप टेनमा प्रवेश



काठमाडौँ । गायिका मेनुका पौडेलले इण्डियन आइडलको अन्तिम १० मा स्थान बनाएकी छन् । आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो ।

यता, बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएकी छन् । यो एपिसोडमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फाइटर’को प्रमोसनका लागि अभिनेता ऋतिक रोशन समेत पुगेका थिए ।

ऋतिक अभिनीत फिल्मका गीत गाएर एपिसोडलाई विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नृत्य पस्केर रमाइलो समेत गरे ।

मेनुकाले सुरुको समय देखिनै प्रतियोगितामा जज तथा अतिथिको मन जित्दै आएकी छन् । अडिसनमा गोल्डेन माइक जितेकी मेनुकालाई यो सिजनको उपाधि दाबेदारका रुपमा समेत हेरिँदै आएको छ ।