• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   आज बकर इद मनाइँदै ★   बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता, सोमपालले लिए दुई विकेट ★   नेपालले दोस्रो ओभर मै बंगालदेशको दुई विकेट झार्यो ★   नेपालले टस जितेर फिल्डिङ रोज्यो ★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

निर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक



काठमाडौँ। विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको सङ्गीत छ ।

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ । भिडियोमा मनीष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन छ ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’ ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन् ।

गायक पौडेलले अन्य गायक गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक् शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौँ छप्प नाचौँ’ सार्वजनिक गरिएको बताए । ‘कहीँ कतै पार्टीतिर नाच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाच्ने खालका मौलिक गीत नै छैनन्’,गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि स्क्रिप्ट लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।