२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

न्हयूको स्वर–संगीत र निरुको शब्दमा ‘पेरिस्कानो’ सार्वजनिक

न्हयूको स्वर–संगीत र निरुको शब्दमा ‘पेरिस्कानो’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं । गत वर्ष प्रकाशित निरु त्रिपाठीद्वारा लिखित 'पेरिस्कानो’ उपन्यासको वार्षिकत्सवमा उपन्यासमा आधारित गीत रिलिज भएको छ । मैले पढ्ने हरेक किताबको पानामा बोलको गीत उपन्यासकार निरु त्रिपाठीले लेख्नु भएको हो । यसलाई स्वर र संगीत वरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यले दिनुभएको छ ।

पेरिस्कानो क्रियसनको प्रस्तुती उक्त म्यूजिक भिडियोलाई मेल्वर्न फोटो प्रोजेक्ट टिमले छायांकन गरेको छ भने कडेँल कन्सल्टेन्सिले सर्पोट गरेको छ । भिडियोको सम्पादन भने भरत रेग्मीले गर्नुभएको छ।

उपन्यासमा उल्लेख अनुसार भिडियोमा पनि मनु र पेरिसबीचको प्रगाढ प्रेम देखाइएको छ । अष्टेलियाबाट सगरमाथा आरोहणीहरुलाई नेपाल लिएर गएको पेरिस २०७२ सालमा नेपालमा गएको विनासकारी भुकम्पले नाम्चेबजारमा नै अड्किन्छ । 

म्यूजिक भिडियो पनि त्यहीबाट सुरु भएको छ । नाम्चेबाट पेरिसले मनुलाई ईमेल लेख्छ छिट्टै मेल्वर्न आउने वाचा गर्छन् तर वाचा पुरा नहुँदै सगरमाथाको नजिक केन्द्रविन्दु बनाएर आएको दोश्रो भुकम्पको झट्काले पेरिस हराउँछ । पाँच वर्ष हुँदा पनि पेरिसको केही खबर नआउँदा भिडियोमा मनु अझै शोकमा रहेको देखाइएको छ । 

मनु रातमा आफ्नो विगतलाई सम्झँदै घरको गार्डेनमा टहलिरहेकी हुन्छे । यसरी विगत र वर्तमानलाई देखाइरहेर अन्त्यमा त्यसबखत टेलिभिजनमा प्रशारण भएको पेरिस हराएको समाचारसँगै म्यूजिक भिडियो सकेको छ ।

भिडियोमा मनुको चरित्र स्वयंम् निरु त्रिपाठीले गर्नुभएको छ भने पेरिसको चरित्र मेल्वर्नका रंगमन्चका कलाकार केविन जेम्स प्रिस्टलीले निभाएको छ ।