८ भाद्र २०८३, सोमबार
,
Latest
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णालीलाई हराउँदै बागमती शीर्षस्थानमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले हराएको छ । बागमतीको यो लगातार चौथो जितसँगै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

मुलपानी मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर इशान पाण्डेले ४० रन बनाए । यस्तै, रविन जोशीले १६, आशुतोष घिरैयाले ९, रित गौतमले ८ र अशोक पौडेलले ६ रन जोडे । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।

त्यसअघि मुलपानी मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णाली २४.२ ओभरमा मात्र ७८ रन बनाएर अलआउट भएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रनको योगदान दिए । कर्णालीका अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न बागमतीका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले ५ विकेट लिए ।

यस जितसँगै बागमती ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसाथ शीर्षस्थानमा छ । कर्णाली भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोड्दै सातौंमा छ ।