२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

मोबाइलको डाटाबाट चलाउन सकिन्छ ल्यापटप र डेस्कटपमा इन्टरनेट

मोबाइलको डाटाबाट चलाउन सकिन्छ ल्यापटप र डेस्कटपमा इन्टरनेट
अ अ+ अ-

कठमाडौं । ल्यापटप तथा डेस्कटपमा पनि मोबाइलको डाटाबाट इन्टरनेट चलाउन सकिन्छ । तर तपाईसँग मोबाइलमा भने चाँही इन्टरनेट हुनपर्छ । यो समयमा सबैको हात–हातमा मोबाइल हुने र ‘फोर जी’ समेत चल्ने हुँदा यो समस्या पनि हुँदैन । कथंकदाचित तपाइको घरमा रहेको इन्टरनेट कनेक्सन टुट्यो भने तपाईले आफ्नो मोबाइलको ‘डाटा’ अन गरेर मोबाइलमा चल्ने इन्टरनेट ल्यापटप तथा डेक्सटपमा सजिलै चलाउन सक्नुहुनेछ । प्रविधिको विकास भएसँगै इन्टरनेट बिना मानिस एक क्षण पनि बस्न नसक्ने अवस्था बनेको छ । 

कसरी चलाउने ?

ल्यापटपमा वाइफाइको सिग्नल हुने हुँदा सहजै कनेक्सन गर्न सक्नुहुन्छ । तर डेस्कटपका लागि भने वाइफाइको सिग्नल हुँदैन । जसका लागि तपाईले बजारबाट एउटा वाइफाइको ‘डिभाइस’ किन्नुपर्छ ।

‘पेनड्राइभ’ आकारको उक्त डिभाइस तपाईले सीपीयूमा ‘पेन ड्राइम’ घुसाउने ठाउँमा राखेर प्रोग्राम इन्सटल गर्नुभयो भने डेक्सटपमा पनि वाइफाइको सिग्नल देखिन्छ । अब तपाईले तपाईले मोबाइलको इन्टरनेट सहजै र मन लागेको बेला कनेक्सन गर्न सक्नु हुनेछ ।

हटस्पट

अचेल प्राय स्मार्ट फोनमा हटस्पटको सुविधा हुन्छ । तपाईले हटस्पट अन गर्ने वित्तिकै तपाईको मोबाइल इन्टरनेटको सिग्नल अन्य डिभाइसहरुमा पनि देखिन्छ । हटस्पटलाई तपाई सेक्यूरिटी राखेर अथवा फ्रि रुपमा पनि छाड्न सक्नुहुन्छ ।

हटस्पट अन गर्ने बित्तिकै अरु डिभाइसमा देखिएको तपाईको मोबाइलको सिग्नल डेक्सटप तथा ल्यापटपमा सहजै कनेक्सन गर्न सक्नुहुन्छ । हटस्पटको मद्धतले तपाई एक वा दुई वा त्यो भन्दा पनि धेरै ल्यापटप वा अन्य डिभाइसहरुमा इन्टरनेट जोड्न सक्नुहुनेछ। यो सजिलो तरिका हो ।

हटस्पट कनेक्सन कसरी गर्ने ?

तपाईले हटस्पटमा पासवर्ड राख्नुभएको छ भने मोबाइल तथा डेस्कटपमा पासवर्ड माग्छ । मोबाइलमा हटस्पटमा राखिएको पासवर्ड राख्दा कनेक्ट हुन्छ । यदी तपाईले हटस्पटमा पासवर्ड राख्नुभएको छैन भने पासर्वर्ड बिना नै मोबाइलको इन्टरनेट ल्यापटप तथा डेस्कटपमा कनेक्ट हुन्छ ।

  • स्मार्टफोनको हटस्पट अप्सनमा जानुहोस्
  • हटस्पट अन गर्नुस्
  • ल्यापटप तथा डेक्सटपको वाईफाई अन गर्नुहोस्
  • मोबाइलमा हटस्पट अन गर्दा देखिएको सिग्नलाई कनेक्ट गर्नुस् 

टीथरिंगको प्रयोग

टीथरिंगको प्रयोग सामान्य फोनबाट पनि गर्न सकिन्छ । जसका लागि कम्प्युटरमा मिल्ने डाटा केबल आवश्यक पर्छ । टीथरिंगको भित्र तपाईँले दुईवटा अप्सन हुन्छ । एउटा ब्लूटूथ र दोस्रो यूएसबी केबल । यी दुवै तरिकाबाट तपाईले मोबाइलको इन्टरनेट चलाउन सक्नुहुनेछ । डाटा केबल अर्थात यूएसबी तारबाट आफ्नो ल्यापटप तथा डेस्कटपमा जोडेर इन्टरनेट चलाउन सक्नुहुनेछ । ब्लूटूथबाट इन्टरनेट चलाउन चाहानुहुन्छ भने मोबाइलमा भएको ब्लूटूथसँग ल्यापटप तथा डेस्कटपमामा भएको ब्लूटूथ पेयर गर्नुपर्छ ।

डाटा केबलद्वारा पीसी वा ल्यापटपमा इन्टरनेट चलाउनका लागि फोनमा डाटा केबल जोडेर त्यसलाई ल्यापटप तथा डेस्कटपमा जोड्न सक्नुहुनेछ । अनि मोबाइलको इन्टरनेट सहजै चलाउन सक्नुहुनेछ । (एजेन्सीको सहयोगमा)