• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा

मोबाइलको डाटाबाट चलाउन सकिन्छ ल्यापटप र डेस्कटपमा इन्टरनेट



कठमाडौं । ल्यापटप तथा डेस्कटपमा पनि मोबाइलको डाटाबाट इन्टरनेट चलाउन सकिन्छ । तर तपाईसँग मोबाइलमा भने चाँही इन्टरनेट हुनपर्छ । यो समयमा सबैको हात–हातमा मोबाइल हुने र ‘फोर जी’ समेत चल्ने हुँदा यो समस्या पनि हुँदैन । कथंकदाचित तपाइको घरमा रहेको इन्टरनेट कनेक्सन टुट्यो भने तपाईले आफ्नो मोबाइलको ‘डाटा’ अन गरेर मोबाइलमा चल्ने इन्टरनेट ल्यापटप तथा डेक्सटपमा सजिलै चलाउन सक्नुहुनेछ । प्रविधिको विकास भएसँगै इन्टरनेट बिना मानिस एक क्षण पनि बस्न नसक्ने अवस्था बनेको छ । 

कसरी चलाउने ?

ल्यापटपमा वाइफाइको सिग्नल हुने हुँदा सहजै कनेक्सन गर्न सक्नुहुन्छ । तर डेस्कटपका लागि भने वाइफाइको सिग्नल हुँदैन । जसका लागि तपाईले बजारबाट एउटा वाइफाइको ‘डिभाइस’ किन्नुपर्छ ।

‘पेनड्राइभ’ आकारको उक्त डिभाइस तपाईले सीपीयूमा ‘पेन ड्राइम’ घुसाउने ठाउँमा राखेर प्रोग्राम इन्सटल गर्नुभयो भने डेक्सटपमा पनि वाइफाइको सिग्नल देखिन्छ । अब तपाईले तपाईले मोबाइलको इन्टरनेट सहजै र मन लागेको बेला कनेक्सन गर्न सक्नु हुनेछ ।

हटस्पट

अचेल प्राय स्मार्ट फोनमा हटस्पटको सुविधा हुन्छ । तपाईले हटस्पट अन गर्ने वित्तिकै तपाईको मोबाइल इन्टरनेटको सिग्नल अन्य डिभाइसहरुमा पनि देखिन्छ । हटस्पटलाई तपाई सेक्यूरिटी राखेर अथवा फ्रि रुपमा पनि छाड्न सक्नुहुन्छ ।

हटस्पट अन गर्ने बित्तिकै अरु डिभाइसमा देखिएको तपाईको मोबाइलको सिग्नल डेक्सटप तथा ल्यापटपमा सहजै कनेक्सन गर्न सक्नुहुन्छ । हटस्पटको मद्धतले तपाई एक वा दुई वा त्यो भन्दा पनि धेरै ल्यापटप वा अन्य डिभाइसहरुमा इन्टरनेट जोड्न सक्नुहुनेछ। यो सजिलो तरिका हो ।

हटस्पट कनेक्सन कसरी गर्ने ?

तपाईले हटस्पटमा पासवर्ड राख्नुभएको छ भने मोबाइल तथा डेस्कटपमा पासवर्ड माग्छ । मोबाइलमा हटस्पटमा राखिएको पासवर्ड राख्दा कनेक्ट हुन्छ । यदी तपाईले हटस्पटमा पासवर्ड राख्नुभएको छैन भने पासर्वर्ड बिना नै मोबाइलको इन्टरनेट ल्यापटप तथा डेस्कटपमा कनेक्ट हुन्छ ।

  • स्मार्टफोनको हटस्पट अप्सनमा जानुहोस्
  • हटस्पट अन गर्नुस्
  • ल्यापटप तथा डेक्सटपको वाईफाई अन गर्नुहोस्
  • मोबाइलमा हटस्पट अन गर्दा देखिएको सिग्नलाई कनेक्ट गर्नुस् 

टीथरिंगको प्रयोग

टीथरिंगको प्रयोग सामान्य फोनबाट पनि गर्न सकिन्छ । जसका लागि कम्प्युटरमा मिल्ने डाटा केबल आवश्यक पर्छ । टीथरिंगको भित्र तपाईँले दुईवटा अप्सन हुन्छ । एउटा ब्लूटूथ र दोस्रो यूएसबी केबल । यी दुवै तरिकाबाट तपाईले मोबाइलको इन्टरनेट चलाउन सक्नुहुनेछ । डाटा केबल अर्थात यूएसबी तारबाट आफ्नो ल्यापटप तथा डेस्कटपमा जोडेर इन्टरनेट चलाउन सक्नुहुनेछ । ब्लूटूथबाट इन्टरनेट चलाउन चाहानुहुन्छ भने मोबाइलमा भएको ब्लूटूथसँग ल्यापटप तथा डेस्कटपमामा भएको ब्लूटूथ पेयर गर्नुपर्छ ।

डाटा केबलद्वारा पीसी वा ल्यापटपमा इन्टरनेट चलाउनका लागि फोनमा डाटा केबल जोडेर त्यसलाई ल्यापटप तथा डेस्कटपमा जोड्न सक्नुहुनेछ । अनि मोबाइलको इन्टरनेट सहजै चलाउन सक्नुहुनेछ । (एजेन्सीको सहयोगमा)