६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु



अ+ अ-

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुईजना विद्यार्थीको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादवको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए । मृतक दुवैको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।