२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरी प्रभावित काबुलका बासिन्दाहरू बिहानदेखि मध्यरातसम्म पानी लिन लाइनमा



अ+ अ-

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिवारमा १० जना रहेको र आफू बिहानदेखि लाइन बस्दा मध्यरातसम्म बस्नुपरेको बताउनु भयो ।

तरकारी पसल चलाएर परिवार पाल्न थालेका १० सदस्यीय परिवारका प्रमुखले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नपाएको गुनासो गर्दै निरन्तर खडेरीले आफ्नो पीडा थपेको बताउनु भयो । चारवटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि ३ हजार ५०० भन्दा बढी परिवारले पानी लिन्छन् । रेजाईकाअनुसार रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट ८०० परिवारले पानी लिन्छन् ।

युद्धग्रस्त अफगानिस्तान वर्षौंदेखि खडेरीको चपेटामा परेको छ । काबुल, अफगानहरूकाअनुसार, दुर्लभ वर्षा वा हिमपातको साथ चलिरहेको कठोर जाडोमा गम्भीर खडेरीको सामना गनुएपरेको छ । काबुलका बासिन्दाहरूकाअनुसार राज्यद्वारा सञ्चालित विभिन्न खानेपानी सञ्जालहरूले बासिन्दाहरूको घरमा नियमित रूपमा पानी आपूर्ति गर्न सकेनन् ।

ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदलस्याटेलाइट तस्बिरहरूले २०२३ मा ३३ प्रतिशत पानीको मन्दी भएको बताउनु भयो । जसले गर्दा सो क्षेत्रमा खडेरी बढेको छ ।

प्रभावित जनसङ्ख्या खुलासा नगरी उक्त अधिकारीले चुनौतीलाई पार गर्न प्रशासन काम गरिरहेको बताउनु भयो ।

उहाँले खडेरी जारी रहे आन्तरिक बसाईंसराईको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिनुभयो ।