२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरी प्रभावित काबुलका बासिन्दाहरू बिहानदेखि मध्यरातसम्म पानी लिन लाइनमा



अ+ अ-

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिवारमा १० जना रहेको र आफू बिहानदेखि लाइन बस्दा मध्यरातसम्म बस्नुपरेको बताउनु भयो ।

तरकारी पसल चलाएर परिवार पाल्न थालेका १० सदस्यीय परिवारका प्रमुखले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नपाएको गुनासो गर्दै निरन्तर खडेरीले आफ्नो पीडा थपेको बताउनु भयो । चारवटा मस्जिदका इनारबाट दैनिक उपभोगका लागि ३ हजार ५०० भन्दा बढी परिवारले पानी लिन्छन् । रेजाईकाअनुसार रेज रासन क्षेत्रको एउटा मात्र इनारबाट ८०० परिवारले पानी लिन्छन् ।

युद्धग्रस्त अफगानिस्तान वर्षौंदेखि खडेरीको चपेटामा परेको छ । काबुल, अफगानहरूकाअनुसार, दुर्लभ वर्षा वा हिमपातको साथ चलिरहेको कठोर जाडोमा गम्भीर खडेरीको सामना गनुएपरेको छ । काबुलका बासिन्दाहरूकाअनुसार राज्यद्वारा सञ्चालित विभिन्न खानेपानी सञ्जालहरूले बासिन्दाहरूको घरमा नियमित रूपमा पानी आपूर्ति गर्न सकेनन् ।

ऊर्जा र पानी मन्त्रालयका प्रवक्ता कारी मतिउल्लाह अबिदलस्याटेलाइट तस्बिरहरूले २०२३ मा ३३ प्रतिशत पानीको मन्दी भएको बताउनु भयो । जसले गर्दा सो क्षेत्रमा खडेरी बढेको छ ।

प्रभावित जनसङ्ख्या खुलासा नगरी उक्त अधिकारीले चुनौतीलाई पार गर्न प्रशासन काम गरिरहेको बताउनु भयो ।

उहाँले खडेरी जारी रहे आन्तरिक बसाईंसराईको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिनुभयो ।