५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ



अ+ अ-

चितवन । नवलपुरमा गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या आरोपमा ३३ वर्षका शेरबहादुर लम्कामगर पक्राउ परेका हुन् ।

शेरबहादुरले आज बिहान घरमै सुतिरहेकी अवस्थामा ८ महिनाकी गर्भवती श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

हत्याको कारण भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।