७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमाञ्चल विकास मञ्चद्धारा विशिष्ठ व्यक्तिहरुलाई सम्मान



अ+ अ-

काठमाडौं । साविकका लुम्बिनी, गण्डकी र धौलागिरि अञ्चल संलग्न विगतको पश्चिमाञ्चल विकास क्षेत्रका नाममा करिब १५ वर्षअघि स्थापित पश्चिमाञ्चल विकास मञ्चले हिजो राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको उच्च ओहदामा नियुक्त तथा पदोन्नति भएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ । 

साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्म भई नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका उहाँहरुलाई समारोहका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठ र सो विकास मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो सम्मान तथा प्रदान गर्नुभएको थियो ।  

त्यस अवसरमा सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, मुख्य सचिव शंकरदाश बैरागी, प्रधान सेनापति पूर्णचन्द्र थापा, संवैधानिक निकाय तथा आयोगका सदस्यहरु, संसदका महासचिव भरतराज गौतम , नेपाल सरकारका विशिष्ठ श्रेणीका अधिकारीहरु लगायत हुनुहुन्थ्यो । 

त्यस बधाई तथा सम्मान समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले पश्चिमाञ्चल विकास मञ्च आफ्ना काम तथा पेशाका सिलसिलामा देशका विभिन्न भूभागमा कर्मथलोमा रहेका नागरिकले जन्मथलोलाई हेर्ने एक उत्कृष्ट मञ्च हो भन्दै यसले देशको पश्चिम क्षेत्रका प्रतिभा र सम्भावनाहरुलाई उजागर गरी राष्ट्रिय स्तरमा पहिचान गराउनुपर्ने सुझाव दिनुभयो । 

उहाँले वैदिक सनातन परम्पराको पवित्रस्थल कालीगण्डकी सभ्यता नेपालको एक अद्धितीय सभ्यता हो भन्दै आफू कालीगण्डकीको वरपर जन्मिन पाएकोमा आफूलाई धन्य ठानेको पनि बताउनुभयो । उहाँले भन्नुभयो– देशको पश्चिमाञ्चल क्षेत्र भौगोलिक, धार्मिक तथा सांस्कृतिक हिसाबले पनि मुलुककै एक सम्पन्न क्षेत्र हो, यसको विशिष्ठतालाई उजागर गर्न हामी सबै लाग्नुपर्छ । 

शालिग्राम पाइने विश्वकै एकमात्र दुर्लभ नदी कालीगण्डकीको सभ्यतादेखि लिएर गौतम बुद्धजस्ता शान्तिका अग्रदूत एवं नेपालको वीरताको प्रतिकका रुपमा रहेका पृथ्वीनाराण शाहसम्मको यो पश्चिमाञ्चल क्षेत्रको विकासका लागि देशको जुन कुनामा आफ्नो पेशा या रोजगारीका लागि बसेका नागरिकहरुले पनि हर साँझ बिहान चिन्तन र मनन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीले देशको पश्चिमाञ्चल क्षेत्र संस्कृति र प्रकृतिका हिसाबले नेपालको मात्र नभएर विश्वकै धनी भूगोल हो भन्नुभयो । उहाँले भन्नुभयो– मलाई लाग्छ म नेपाली हुनुमा र त्यसमा पनि अझ पश्चिम क्षेत्रको नागरिक हुनुमा अझ धेरै गौरवको अनुभूति हुन्छ । आफू जन्मेको भूमि सबैका लागि, सधैँका लागि प्यारो हुने भन्दै उहाँले देशको पश्चिम क्षेत्रको उन्नति र विकासका लागि आफ्ना सत्प्रयासहरुलाई सदा निरन्तर राख्ने प्रण गर्नुभयो ।  

यस मञ्चका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जन्म दिने आमा र आफू जन्मेको स्थान स्वर्गभन्दा पनि प्यारो भएजस्तै हाम्रो जन्मभूमि मुलुकको पश्चिमाञ्चल क्षेत्रको मायाले नै मुलुक संघीयतामा गए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रलाई समेटेर विगतमा स्थापित यस पश्चिमाञ्चल विकास मञ्चलाई निरन्तरता दिँदै आएको बताउनुभयो । 

अध्यक्ष ढकालले यस मञ्चले विगतका वर्षदेखि पश्चिमाञ्चल विकास मञ्चको स्थापनामार्पmत मुुलुकको त्यस क्षेत्रको अवस्था र सम्भावनालाई राजधानीसम्म ल्याइ बहस चलाउने र त्यस क्षेत्रको विकासमा राजधानीको ध्यानाकर्षण गराउने तथा यस क्षेत्रका प्रतिभा तथा नेपाल सरकारको उच्च ओहदामा पुग्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो ।  

अध्यक्ष ढकालले भन्नुभयो– “हाम्रो जन्मस्थल यस मुलुकको पश्चिम क्षेत्रले देशको विशिष्ठ भौगोलिक पहिचान बोकेको छ । यहाँ धार्मिक, सामाजिक, बहुसांस्कृतिक, पर्यटकीय तथा विश्वकै सुन्दर र पवित्र स्थलहरु छन् । जसको विशिष्ठता र पवित्रताले हामीलाई पनि यस क्षेत्रको नागरिक हुनुमा बडो गौरवान्वित बनाउँछ । त्यसैले एकजना नेपाली हुुनुमा हामीलाई जति गर्व छ त्यति नै खुसी हामी यस मुलुकको पश्चिम भूगोलको नागरिक हुदा लाग्ने गर्दछ ।” 

उहाँले यो अलौकिक भौगालिक सम्पत्तिलाई आ–आफ्ना प्रयास र स्थानबाट संसारमा पु¥याउन देशको राजधानीमा गरिने यस्तै भेटघाट, अन्तरक्रिया, चसो र चिन्ताहरुले पनि हाम्रो जन्मस्थलको श्रीबृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो । 

सोही कार्यक्रममा उक्त मञ्चका अध्यक्ष ढकाललाई नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा सो मञ्चको कार्यसमितिका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।