• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा ! ★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना ★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन्: बद्रि केसी



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाउनुभएको छ ।

शनिवार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको बताउनु भयो । उहाँले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पार्नुभयो ।

उहाँले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरुले गरेको दाबी गर्नुभयो । उहाँले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराएपनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताउनु भयो । उहाँले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ एनआरएनएको इतिहासमा २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल भनेर, सबैभन्दा बढी सचेतना अपनाएर, सबैभन्दा बढी वैधानिक कागजपत्र उपलब्ध गराएर इलेक्शन गरेको छ । किनभने यो भन्दाअघि हामीलाई यस पाठ सिकएको थियो । इलेक्शन कमिटीले चुनाव हुनुभन्दाअघि तीन जना नै अध्यक्षको उम्मेदवारहरु र हरेक अध्यक्षको उम्मेदवारको दुई दुई जना प्रतिनिधिहरुले सही गरेर चुनाव शुरु गरिएको छ । चुनावको बीचमा आएका प्राविधिक समस्याहरुलाई समाधान गर्नका लागि तीन जना नै अध्यक्षका उम्मेदवारहरुले सही गर्नुभएको छ र सहमति भएको छ । तीन जनै अध्यक्षका उम्मेदवारहरु र प्रतिनिधिहरुले सही गरेर चुनाव समापन गरेका छौँ । चुनाव गरुन्जेलसम्म सहमति हुने र चनुावको रिजल्टपछि असहमति जनाउने हाम्रो इतिहासमै पहिलोपटक हो । त्यस्तो खालको अराजकता कहिले पनि देखेका थिएनौँ । त्यस्तो खालको अलोकतान्त्रिक पद्धति कहिले पनि देखेका छैनौँ । चुनावको बेलामा साँच्चिकै एकजना उपाध्यक्षको उम्मेदवारमा केही इरर आएको हो । तर तत्काल नै भेरोभोटिङसँग इन्फरमेसन लिएर समाधान गरेका हौँ । अहिले निर्वाचित समिति एउटा मात्रै छ । देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ । गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो । जात र धर्म, भाषा भन्दा माथिको अभियान हो । हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ । जितेर आएको समितिलाई सरकारले सहयोग गरोस् । पराजित साथीहरुले सरकारलाई अन्योलमा पारिदिनुभयो । पराजित साथीहरु सरकारका नजिकका व्यक्तिहरु हुनुहुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका नजिकका व्यक्तिहरु हुनुहुन्थ्यो र उहाँहरुले भ्रम फैल्याएर गलत कुरा मन्त्रीहरुलाई दिनुभयो । सरकारले आफ्नो ठोस निर्णइ अझैसम्म ल्याएको छैन ।’

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू शुरु भएको एनआरएनएले जनाएको छ । गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुनेगरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिव १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ ।

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको बताएको छ । गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेस प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको जनाएको छ । –न्युज एजेन्सी नेपाल