काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो १ः०० बजे केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो ।
केन्द्रीय सचिवालयको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सचिवालयका एक सदस्यले जानकारी दिनु भयो ।
एमाले केन्द्रीय सचिवालयमा अध्यक्ष वरिष्ठ उपाध्यक्ष उपाध्यक्षहरू उपमहासचिवहरु र सचिव ७ गरी १९ सदस्य रहेको छ ।










