२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १० विकेटले हरायो



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध जारी पहिलो टेस्टको तेस्रो दिन १० विकेटले जितेको छ । वेस्ट इन्डिजले दिएको २६ रनको लक्ष्य अष्ट्रेलियाले ६.४ ओभरमा सक्काउदै दुई खेलको शृङ्खलामा १–० को अग्रता लिएको हो ।

त्यसअघि  तेस्रो दिनको खेल ७३–६ को स्थितिबाट सुरुवात गरेको वेस्ट इन्डिज १ सय २० रनमा अलआउट भएको थियो । जोश डा सिल्भा १८ रन जोड्दै आउट भएपछि वेस्ट इन्डिजले लगातार विकेट गुमाएको थियो । जसमा अष्ट्रेलियाका जोश हेजलवुडले ५ विकेट लिँए । मिचेल स्टार्क र नाथन लायनको नाममा २-२ विकेट लिदा क्यामरन ग्रीनले १ विकेट लिए ।

वेस्टइन्डिजका कर्क म्याकेन्जीले अघिल्लो दिन २६ रन बनाएका थिए। जस्टिन ग्रिभ्स २४ रनमा आउट हुँदा अल्जारी जोसेफले १६ तथा समार जोसेफले १५ रन बनाए ।

अष्ट्रेलिया पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाको लागि ट्रविस हेडले १ सय १९ रनको शतकीय इनिङ खेले । उनले १ सय ३४ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । ओपनर उस्मान खवाजा ४५, स्टिभ स्मिथ १२, मार्नस लाबुसेन १०, क्यामरन ग्रीन १४, एलेक्स केरी १५ र मिचेल मार्शले ५ रनबनाए ।

वेस्टइन्डिजका शामर जोशेफले ५ विकेट लिए । केमार रोच र जस्टिन ग्रेभ्सले २–२ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १ सय ८८ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका युवा ब्याटर किर्क म्याकेन्जीले सर्वाधिक ५० रन बनाएका थिए । ओपनर क्रेग ब्रेथवेट १३, तेजनारायण चन्द्रपाउल ६, एलिक एजान्थे १३, अल्जारी जोशेफ १४ र केमार रोचले १७ रन बनाए ।

अष्ट्रेलियाका जोश हेडजलवुड र प्याट कमिन्सले चार चार विकेट लिए । मिचेल स्टार्क र नाथन लायनले १–१ विकेट लिए ।

दोस्रो र अन्तिम टेस्ट ब्रिस्बेनको गाबामा जनवरी २५ देखि सुरु हुनेछ । त्यसपछि दुई टोलीबीच ह्वाईट बल लेग हुनेछ।