५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्वारा इरानमा आक्रमण शुरु



अ+ अ-

एजेन्सी । पाकिस्तानले बिहीवार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूबिरुद्ध आक्रमण शुरु गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले बिहीवारबाट आफूहरुले पनि इरानको आतंवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण शुरु गरेको बताएको हो ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानको सिस्तान–बलुचेस्तान प्रान्तमा आतंकवादी लुकाउने ठाउँलाई निशाना बनाइ आक्रमण शुरु गरेको बताउनु भयो ।

इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार दुई पक्षले पाकिस्तानमा जैश अल–जुल्म समूहको बिरूद्ध इरानको आतंकवाद विरोधी कारबाहीका बारेमा मंगलवार छलफल गरेका थिए । पाकिस्तानले बुधवार इरानले पाकिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाउँदै इरानी कारवाहीपछि दुई पाकिस्तानी बालबालिकाको हत्या गरेको र इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।