७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टले जनतालाई धोका थिए, अब कहिल्यै सत्तामा आउँदैनन- डा महत



अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालका कम्युनिष्टहरुले नेपाली जनलाई ठूलो धोका दिएकोले अब कहिल्यै पनि सत्तामा नआउने दाबी गरेका छन् । 

नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम सम्मेलनलाई आज कैलालीको धनगढीमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने–  कम्युनिष्टहरुले सोझा सीधा नेपाली जनतालाई चुनावदेखि अहिलेसम्म नराम्ररी धोका दिएको कुरा सबैले थाहा पाएका छन्, अब नेपाली जनताले उनीहरुलाई सत्तामा कहिल्यै पठाउने छैनन् । 

सहमहामन्त्री डा महतले चुनावका बेलामा यो पनि गर्छु, त्यो पनि गर्छु भनेर जनतालाई झुक्काएको र अहिले आएर आफ्नै मतदातालाई धोका दिएको बताए । 

चुनावका बेलामा अहिलेका प्रधानमन्त्री केपी ओलीले कहिले कुन डाँडामा र कहिले कुन डाँडामा पुगेर नेपालमा रेल ल्याउने बाटो भन्दै दुरबीनले हेर्ने र मिडियामार्फत प्रचार गर्ने गरेको तर सत्तामा आएपछि भ्रष्टचारमा मात्र लिप्त भएको आरोप लगाए । 

हुनै नसक्ने र गर्नै नसक्ने काम पनि गरिदिने भन्दै जनताका आँखामा छारो हाल्दा पनि उनीहरुलाई जनताले मत दिएको भन्दै तर आज तिनै जनता नराम्ररी पछुताएको र कम्युनिष्टहरुलाई आफूहरुले चिनेकोले अब कहिल्यै उनीहरुका गफ नपताउने प्रतिक्रिया दिने गरेको डा महतले बताए । 

तर पनि उनीहरुले गर्दै नगरेको कामको प्रचार गर्ने, काँग्रेसले गरेका कामहरु पनि आफूले गरेको भनेर ढाँटेर प्रचार गरेको डा महतले बताए । उनले भने– कम्युनिष्टहरुको गर्ने झुठ शैली रहेको भन्दै यसले अन्ततः उनीहरु कति पानीमा रहेछन् भन्ने कुरा छर्लङ्गै देखाइदिएको उनले बताए । 

मुलुकका ढिलो चाँडो चुनाव हुने र काँग्रेसले देशव्यापी रुपमा कम्युनिष्टहरुलाई हराउने अभियान सञ्चालन गर्ने उनले बताए । डा.महतले भने– एउटा प्रजातान्त्रि पार्टीका रुपमा काँग्रेस जहिले पनि चुनावको पक्षमा रहेको छ र त्यसका लागि तयारी गर्न देशव्यापी अभियान सुरु गरिने छ । उनले भने अबको निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी पनि गरे । 

देशमा समावेशी शासन व्यवस्था, महिला अधिकार तथा विभिन्न जातीय अधिकारका लागि नेपाली काँग्रेसले नै अगुवाई गरेको उनले बताए । महिला, जनताजति तथा दलितको प्रतिनिधित्वका लागि नेपाली काँग्रेसले वर्तमान संविधान र आवश्यक अन्य कानुनका लागि लडेको उनले स्मरण गरे । 

डा महतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मगरसहित नेपालका जातजातीहरुको ठूलो योगदान रहेको चर्चा पनि गरे । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरेर १६० जनाभन्दा स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 

ती कार्यकर्ताहरुलाई अबिर लगाएर सहमहामन्त्री डा महतले नेपाली काँग्रेसमा स्वागत गरेका थिए ।