२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मीको सहज जित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई सजिलै हराएको छ । आर्मीको यो लगातार दोस्रो जित हो भने कोशीको लगातार चौथो हार हो ।

जितको लागि ८९ रनको झिनो लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा कुशल मल्ल २२ रनमा नट आउट रहे । ओपनर इमरान शेखले ३२ रन बनाए ।

बलिङतर्फ कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो । कोशीका कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाएका थिए । कोशीका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता नै नखोलि आउट भएका थिए ।

आर्मीका साहब आलमले उत्कृष्ट ६ विकेट लिए । उनले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।