२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कप महिला: आर्मीलाई हराउदै एपीएफ फाइनलमा



अ+ अ-

काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबको महिला टोली फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

आर्मीले सुरुवाती सेट २५-१९ र दोस्रो सेट २५-२० ले जित्यो । त्यसपछि एपिएफले २५-१२ र २५-१६ को अन्तरले जित दर्ता गर्दै पुनरागमन गर्यो। पाँचौ सेटमा आर्मीमाथि पुनरागमन गर्दै एपिएफले १५-१३ को जितसहित फाइनलमा स्थान बनायो ।

एपीएफ समूह ‘ए’ बाट समूह विजेता र आर्मी समूह ‘बी’कोतर्फ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा समूह बी को शीर्षस्थानमा रहेर अघि बढेको चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड र नेपाल पुलिस क्लबले भिड्नेछन् ।

प्रतियोगितामा एक विदेशी टिमसहित ६ टोली सहभागी थिए । जसमा आमन्त्रित टोली हरियाणा क्लब र घरेलु टोली गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।

महिलातर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।