• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीरसिंह र शिवाना



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिने भएका छन् । जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग यही माघ २१ गते विवाह गर्न लागेका देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

जयवीर र शिवानाले गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थितमा इन्गेजमेन्ट गरेका थिए ।

जयवीर र शिवानाको विवाह बूढानिलकण्ठस्थित घरबाट गर्ने तयारी रहेको बताईएको छ । घर मर्मतको काम सकिएसँगै देउवा परिवार धुम्बाराहीस्थित भाडाको घर छाडेर बुधबार बिहान बूढानिलकण्ठ सरिसकेका छन् ।

जयवीरसिंह डडेल्धुराबाट कांग्रेस क्रियाशील सदस्य हुन् । यद्यपी, उनी राजनीतिमा सक्रिय छैनन् । गायिकासमेत रहेकी शिवानाले भने ब्युटी-प्रडक्टको व्यवसाय गर्छिन् ।