७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेपछि बस्दैछ ।

हिजो पनि बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको बैठकका कार्यसूची अनुसार पहिलो दिन प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ गरेका थिए । आजको बैठकको कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले धारणा राख्ने रहेको छ ।

आजको बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टी संगठन, सरकारलाई दिएको समर्थन फिर्ता, पार्टीको नाम परिवर्तन लगायतका विषयमा बैठकले ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । यता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच पनि आज पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ ।