काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच छलफल शुरु भएको छ ।
प्रम ओली र वरिष्ठ नेता नेपाल बीच आज चार महिनापछि केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ । छलफलमा प्रम ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ तथा अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी रहेको बताईएको छ ।
प्रधानमन्त्री ओलीले नेपाललाई भेटका लागि बालुवाटार बोलाएपनि त्यहाँ जान नेपाल तयार नभएको स्रोतले जनाएको थियो ।











