७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल चन्द्रागिरिमा



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आइतबार काठमाडौंको एक आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित चन्द्रागिरि पुग्नुभएको छ । 

उहाँले त्यस अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडद्वारा त्यहाँ सञ्चालित रिसोर्ट, बाल उद्यानलगायत एकीकृत पर्यटकीय संरचनाका विविध कार्यक्रमहरुको स्थलगत रुपमा निरीक्षण गर्नुभएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । 

मुख्यमन्त्री पौडेललाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पर्यटकीय केन्द्रमा सञ्चालनमा रहेका विभिन्न पर्यटकीय कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो । 

यो पर्यटकीय केन्द्र स्वदेश तथा विदेशी नागरिक एवं विशिष्ठ व्यक्तित्वहरुको एक आकर्षक गन्तव्यका रुपमा विकसित भइरहेको छ ।