२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा

निद्रामा शरीरले के गर्छ ?

निद्रामा शरीरले के गर्छ ?
अ अ+ अ-

एजेन्सी । निद्रा एक अत्यावश्यक शारीरिक प्रक्रिया हो जुन व्यक्तिलाई स्वस्थ राख्नको लागि आवश्यक हुन्छ । प्रायः भनिन्छ मानिस खाना बिना बाँच्न सक्छ तर यदि उसले पर्याप्त निन्द्रा पाएन भने ऊ धेरै दिन बाँच्न सक्दैन । तर, कति घन्टा पर्याप्त सुत्ने भन्ने कुरा व्यक्तिपिच्छे फरक फरक हुन्छ ।

निद्रा नपुगेका कारण मोटोपना, उच्च रक्तचाप, मधुमेह र मुटुरोगको समस्या बढेको छ । निद्राले शरीरलाई ऊर्जा प्रदान गर्छ, जुन एक प्रकारको निको हुने प्रक्रिया हो ।

यसको कमीका कारण कामको गति घट्छ, काममा एकाग्रता घट्छ, फोकस नहुनु, तनाव र डिप्रेसन जस्ता समस्या सुरु हुन्छ ।

निद्राको कमीले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय अध्ययनहरूमा निद्रा महत्त्वपूर्ण भएको देखाइएको छ । भोकमरी भन्दा निद्राको कमी स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन्छ ।

मार्च २०२३ मा अमेरिकन कलेज अफ कार्डियोलोजी सम्मेलनमा प्रस्तुत गरिएको अनुसन्धानले निद्राको गुणस्तर जति राम्रो हुन्छ, मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम त्यति नै कम हुने देखाएको थियो ।

अन्वेषकहरूले ५० वर्षको औसत उमेर भएका व्यक्तिहरूको डेटा मूल्याङ्कन गरे, जसमा जोखिम क्षेत्रमा रहेका ५४५ महिलाहरू थिए ।

६० वर्ष पुगेपछि निद्रा कम हुन थाल्छ । त्यसपछि निद्राको ढाँचा परिवर्तन हुन थाल्छ । यो उमेरका मानिसले सुत्नुभन्दा एक घण्टा अगाडि पानी पिउनु हुँदैन ।

रजोनिवृत्तिको समयमा महिलाहरूमा धेरै तनाव हुन्छ भने, उनीहरूको निद्रामा गडबड हुन्छ । महिलाको शरीरले महिनावारी, गर्भावस्था, रजोनिवृत्ति जस्ता धेरै हार्मोनल परिवर्तनहरू पार गर्नुपर्ने हुन्छ । यसले उनीहरूको निद्रामा पनि असर गर्छ ।

धेरै महिलाहरूले महिनावारीपूर्व सिन्ड्रोम अर्थात् पीएमएसको समयमा निद्रा नलाग्ने समस्या पनि सामना गर्छन् । बच्चा जन्मिएपछि आमालाई पूर्ण निद्रा आउँदैन । महिलाहरूमा रजोनिवृत्तिको समयमा, मुड स्विंग, तातो चमक र चिडचिडापनका कारण निद्रा प्रभावित हुन्छ ।