१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रश्न: सरकारलाई दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालेको हो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गर्नुभयो । उहाँले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताउनु भयो । उहाँले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताउनु भयो । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ? यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’

ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताउनु भयो । उहाँले सडकलाई खाल्डाखुल्डी रहीत बनाएर, सडक सुधारका कामलाई तिब्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यसमा गम्भीर छाँै र तपाईंले दिएको सुझाव र प्रश्नहरुको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौँ । राजनीतिक दल, संसद र संसदीय समितिले पनि आवश्यक सहयोग गर्नुपर्छ । घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ । सडकलाई खाल्डाखुल्डी रहीत बनाएर हुन्छ की, सडक सुधारका कामलाई तिब्रता दिएर हुन्छ की ? सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की ? चालकलाई प्रशिक्षण दिएर हुन्छ की ? हामी समस्याको निराकरण गर्नेकुरामा हामी गम्भीर छौँ ।’

सरकार सवारी साधन दुर्घटनाको न्युनिकरणका लागि आवश्यक काम गरेर अघि बढीरहेको बताउनु भयो ।