२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको जन्मभूमि लुम्बिनीमा १ हजार २५० जनालाई बुद्ध पुत्र दीक्षा दिइने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ ।

अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो । बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म यो कार्यक्रम सञ्चालन हुँदैछ । यसमा बुद्ध बाज बर्न ईन नेपाल भनेर कराएर मात्रै भएन । हामी नेपालीहरुको एउटा सुवर्ण अवसर वा मौका भनेको के छ भने बुद्धको चेला वा भिछु नभइकन बुद्ध पुत्रको रुपमा कहलिँदैन । त्यसका लागि पनि यो एउटा सुवर्ण अवसर हो । र हाम्रा श्रद्धेय भिक्षुहरुले यसका लागि पहल गर्दै हुनुहुन्छ ।’

बुद्धको अनुयायी बनाउनका लागि यसअघि पनि लुम्बिनीमा कार्यक्रम हुँदै आएका थिए ।