काठमाडौं । जनता समाजवादि पार्टी (जसपा) को पदाधिकारी बैठक आज दिउँसो दुई बजे बबरमहलस्थित पार्टी कार्यालयमा बोलाइएको छ।
बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने बताईएको छ । साथै बैठकमा सत्ता समीकरणको विषयमा पनि छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।
आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।











