• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

न्यायाधीश भुवन गिरीकी श्रीमतीद्वारा सर्वोच्चमा आत्मदाहको प्रयास



फाईल फोटो

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी श्रीमती आरती गिरीले आत्मदाहको प्रयास गरेकी छन् । आईतबार उनले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी हुन् ।

आरतीलाई शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले उद्धार गरेको हो । उद्धारपछि उनलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिईन् ।

यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌  गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । उनले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।