• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सवारी अनुशासनको कडाईका साथ पालना गराउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी अनुशासनको कडाईका साथ पालना गराउन आग्रह गर्नुभएको छ ।

बढ्दो सवारी दुर्घटना प्रति चिन्ता व्यक्त गर्दै पूर्व राष्ट्रपति भण्डारीले सवारी अनुशासनको कडाईका साथ पालना गर्न एवं दुर्घटनाका कारणहरू पहिचान गरी आवश्यक उपायहरू अवलम्बन गर्न चालक, यात्रु र सवारी नियामक निकायको ध्यानआकृष्ट गराउनु भएको छ ।

उहाँले सामाजिक संञ्जाल मार्फत सवारी दुर्घटनाहरूमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ –

गए राती दाङको भालुवाङमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको, आज विहान बागलुङको बुर्तिबाङमा भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको र आजै दिउँसो काठमाडौँ महानगरपालिकाको चन्द्रागिरी नगरपालिका अन्तर्गत सेतो पहरामा भएको कार दुर्घटनामा परी ४ जनाको मृत्यु भएको अत्यन्त दुस्खद् खबर प्राप्त भएको छ । वितेका २४ घण्टाभित्र भएका यी सडक दुर्घटनाहरूमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । दुर्घटनामा आफ्ना प्रियजन गुमाउने शोकविह्वल परिवारजनप्रति मेरो गहिरो समवेदना !सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सवारी अनुशासनको कडाईका साथ पालना गर्न एवं दुर्घटनाका कारणहरू पहिचान गरी आवश्यक उपायहरू अवलम्बन गर्न म चालक, यात्रु र सवारी नियामक निकायको ध्यान आकृष्ट गराउँदछु ।