९ फाल्गुन २०८१, शुक्रबार
February 21, 2025 Friday
Latest
सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा च्याम्पियन्स ट्रफीः अफ्रिकाद्वारा अफगानिस्तान १०७ रनले पराजित तत्काल कुनै पार्टीसँग एकता हुन्न : एकीकृत समाजवादी जनताको चाहना सुशासन र समृद्धि एसपिए कैलाली प्रिमियर लिग–३ : गोदावरी र पुर्नवास ‘बी’ सेमिफाइनलमा प्रवेश ‘राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णाली’ आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन- अर्जुननरसिंह केसी पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । 

सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पुर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताउनुभयो । त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उहाँले जानकारी दिनुभयो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजिनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’

माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पार्नुभयो । संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ । हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजिनामा दिनुस् । किनभने तपाईले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ । ध्यानाकर्षण गराएका छौँ । हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौं ।’

पार्टी परित्याग गरेका सांसदहरु सँग अन्तिम छलफल गर्नका लागि मंगलबार नै नेकपा(माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी गराउनुभयो ।