• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बिचमा गठबन्धन बन्छ : नेता पुन



काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समिकरणले मुर्त रुप पाउने बताउनुभएको छ । 

मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समिकरणले मुर्त रुप पाउने बताउनुभएको हो । तिन दलबिच गठबन्धन हुने दाबी गर्दै उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलिय गठबन्धन प्राकृतिक हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठक पछि यो सत्ता समिकरणले मुर्त रुप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बिचमा गठबन्धन बन्छ किनपनि भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो । यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुर्नस्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताउनुभयो ।