• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सुरु, को-को भए अनुपस्थित ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ । 

बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी भएका छैनन् । 

देशमा राजनीतिक जटिलता उत्पन्न भइरहेको बेला राष्ट्रपतिले दलहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिनिधिसभामा एमाले, काँग्रेस, माओवादी केन्द्रसहित जसपा, जनमोर्चा, मजदुर किसान पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।