• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भयो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताउनुभएको छ । 

मंगलबार अग्रणी शहिद शुकदेव गुरुङ शहिद घोषणा राष्ट्रिय जागरण अभियान अन्र्तगतको सर्वपक्षिय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताउनुभएको हो । आफुहरुले जातिय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको उहाँको भनाई छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अस्ति संसद/प्रतिनिधिसभा विघटन गर्ने भनेर जुन कुरा केपी ओली प्रधानमन्त्रीको रुपमा उहाँले गर्नुभयो त्यो भयानक ठुला षडयन्त्र थियो । नेपालका आदिबासि, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने । तपाई हामीले अलि जातिय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा गर्यो भने हामीलाई जातिवादीको विल्ला भिराउने अनि आफुचाहीँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताउनुभयो । प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उहाँको भनाई छ ।