२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाम र तस्वीर सार्वजनिक गर्नेमाथि गौशाला-२६ले दिईन् प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । गौशाला-२६ (परिवर्तित नाम) ले आफ्नो पहिचान खुलाउने प्रयास गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

सामाजिक सञ्जालमा वास्तविक नाम र तस्बिरहरु सार्वजनिक भएपछि पीडित गौशाला-२६ले ब्युरोमा उजुरी गरेकी हुन् ।

बुधबार जिल्ला अदालत, काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर गर्दै ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडितको विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

साइबर ब्युरोले यसबारे अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक भएपछि गौशाला-२६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।