५ मंसिर २०८१, बुधबार
,
Latest
विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल अलराउन्डर वरीयतामा हार्दिक पाण्ड्या शीर्षस्थानमा, दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित) काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह स्वीडेन र नेपालबीच दुईपक्षीय कार्बन व्यापार हुने सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको मागः ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’ कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको होः कमल थापा नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गौशाला २६ को फोटो र नाम ट्वीटरमा राख्ने कार्यकर्तालाई गर्यो कारबाही



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै एक कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटाले गौशाला २६ (परिवर्तित नाम) को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राखेपछि कारबाहीमा परेका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

बुधबार गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।

यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।