७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल-नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु



अ+ अ-

काठमाडौं । आजदेखि काठमाडौंमा नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । सो राष्ट्रिय भेला आज र भोलीसम्म हुने बताईएको छ ।

राष्ट्रिय भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले भेला गर्न लागेको हो । 

भेलाका लागि जिल्ला जिल्लाबाट हिजो (मंगलबार) नै नेताहरु काठमाडौं आइसकेका छन् । भेलाबारे प्रचार विभाग प्रमुख योगेश भट्टराईले हिजो (मंगलबार) पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिएका थिए ।