६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतमा लगियो



अ+ अ-

काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बमजनलाई प्रहरीले सर्लाही जिल्ला अदालतमा लगेको छ । एसपी प्रवीण धितालका अनुसार बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बमजनलाई म्याद थप गर्नको लागि अदालतमा लगेको हो ।

बमजनमाथि सर्लाहीकी रीता बोटेलाई बेपत्ता बनाएको आरोप लागेको छ। सर्लाहीकी २९ वर्षीया बोटेलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बमजनविरुद्ध किटानी जोहरी दिएकी थिइन् । बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार साँझ बूढानीलकण्ठ नगरपालिका–६ हात्तिगौँडास्थित उनको घरबाट पक्राउ गरेको थियो। लामो समयदेखि फरार रहेका बमजन फरार थिए ।

तपस्वीको भेषमा उनले विभिन्न आश्रममा आतंक मच्चाएको बताइएको छ । उनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्। उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधबार नै हवार्इ माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्याइएको थियो।

आफूलाई ‘भगवान्’ भनी चिनाउने बमजन लामो समयदेखि तपस्वीको भेषमा सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुली लगायत विभिन्न जंगलभित्र आश्रम खोलेर बस्ने गर्थे। आश्रममा पुगेका अनुयायीहरूमाथि उनले यौन दुर्व्यवहार, बलात्कार, बेपत्ता पारेको र हत्या समेत गरेको आरोप लगाएको छ ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता भएका थिए।