१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

जलवायु परिवर्तनको प्रभाव: फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

जलवायु परिवर्तनको प्रभाव: फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु
अ अ+ अ-

गलेश्वर । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।
 
यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै शुरु भएको छ । जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो ।

फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
 
भएका बोटहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्किएको ज्यामरुककोटका नारायण्ण शर्माले बताउनुभयो । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनले बताउनुभयो  । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उहाँको भनाइ छ । यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उहाँको कथन छ ।

भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा  ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी रहेको वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन् । ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।रासस